एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपाल र केपीएमजी इन इन्डिया बीच सहकार्यको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

मुख्य समाचार

एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपाल र केपीएमजी इन इन्डिया बीच सहकार्यको घोषणा



काठमाडौं । एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपाल र अन्तर्राष्ट्रिय स्तरको भारतको अग्रणी व्यावसायीक संस्थाहरू मध्ये एक, केपीएमजी इन इन्डियाले नेपालमा आईएफआरएस, वित्त तथा लेखा व्यवसायीक सहकार्य तथा डिजिटल विश्लेषण लगायतको क्षेत्रमा गतिशील सिकाइ र क्षमता विकासका कार्यक्रमहरू संयुक्त रुपमा सञ्चालन गर्न सहकार्य गर्ने घोषणा गरेका छन् ।

क्षमता विकास कोर्षहरु सञ्चालन गरि व्यक्तिगत र संस्थागत सीप तथा ज्ञान वृद्धि गर्नु यस साझेदारीको प्रमुख उद्देश्य रहेको छ ।

यस सहकार्यको घोषणाले नेपालको वित्त तथा लेखा प्रणाली क्षेत्रको निरन्तर सिकाइ र क्षमता अभिवृद्धिको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । यस समझदारीमा केपीएमजीका तर्फबाट Associate Partner, शुभ्रो भट्टाचार्य र एसीडएनका तर्फबाट संस्थाका प्रबन्ध निर्देशक नारायण सुन्दर सिल्पकारले भर्चुअली हस्ताक्षर गरे ।

यस साझेदारी अन्तर्गत सिकाइ विकास र प्रवाहमा विज्ञको रुपमा परिचित केपीएफजीले वित्त तथा डिजिटल क्षेत्रमा लामो अनुभव भएका विशेषज्ञहरुको समूहले स्थापना गरेको नेपालको प्रमुख प्रशिक्षण संस्थाहरू मध्ये एक, एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपालसँग सहकार्य गर्ने छ ।

यस सहकार्यको मूख्य उद्देश्य नेपालमा आईएफआरएस , वित्त तथा लेखा, व्यवसायी सहकार्य तथा डिजिटल विश्लेषण लगायतको क्षेत्रमा क्षमता विकासको विभिन्न कोर्षहरुको सञ्चालन गराउने रहेको छ । यी कोर्षहरु डिजिटल, भौतिक वा संयुक्त रुपमा नेपालको आवश्यकता अनुसार सञ्चालन गरिने छन् ।

यस रणनीतिक समझदारी बारेमा टिप्पणी गर्दै, श्री शिल्पकारले भने, ““ACDN / KPMG In India बीचको सहकार्यले नेपालको सिकाइ र क्षमता अभिवृद्धि परिदृश्यमा गहिरो प्रभाव पार्ने लक्ष्य राखेको छ । दुवै संस्थाको सामूहिक विशेषज्ञता र स्रोतहरू प्रयोग गरेर यस समझदारीले तालिम प्रदान गर्ने लक्ष्य राखेको छ । साथै, यस समझदारीले मापनयोग्य सीपहरू, परिणाममुखी सिकाइ कार्यक्रमहरू र वास्तविक विश्वस्तरका आवश्यकताहरू सम्बोधन गरि व्यक्ति र संस्थाहरूलाइ आफ्नो दक्षता बढाउन र राष्ट्रको विकास र सफलतामा योगदान दिन क्षमता प्रदान गर्नेछ ।”

एसीडीएन र केपीएमज भारतबीच भएको रणनीतिक साझेदारीले नेपालमा सिकाई र विकास अवसरको नयाँ युगको थालनी गर्ने विश्वास लिइएको छ । यस साझेदारी अनुसार सञ्चालन गरिने कार्यक्रमहरुमा प्रशिक्षार्र्थीहरूले केपीएमजी भारतका व्यवसाइक अभ्यास गर्ने विज्ञहरु द्धारा शतप्रतिशत प्रत्यक्ष रुपमा दिइने कक्षाहरुमा सहभागी हुन पाउनेछन् । व्यवसाइक अभ्यास गर्ने विज्ञहरु प्रशिक्षकका रूपमा राख्नुको मुख्य कारणमा प्रशिक्षार्र्थीहरूलाइ अनुभवमुुलक व्यवहारिक तालिम प्रदान गर्ने रहेको छ ।

यस सहकार्यको बारेमा बोल्दै केपीएमजी भारतका एसोसियट पार्टनर सुभ्रो भट्टचार्यले भने ‘‘एसीडीएनसँग पार्टनसीप गर्न पाउँदा उत्साहित भएका छौं र हाम्रो सहभागिताले नेपालमा सीपको अभावलाई पुर्ती गर्ने पुलको रुपमा सहयोग गर्ने छ । हाम्रा कार्यक्रमहरु लक्षित वर्गको आवश्यकताअनुसार निर्माण गरिएका छन् । हाम्रा कार्यक्रमद्धारा वर्तमान व्यवसायीक वातावरण अनुकुल परिवर्तन हुन सक्ने गरी क्षमतायुक्त जनशक्ति निर्माण गर्ने प्रयास गर्ने छौं ।’

एसीडीएन वभिन्न क्षेत्रहरूमा गहन अनुभव भएका विज्ञद्धारा स्थापित नेपालको प्रमुख प्रशिक्षण संस्थाहरू मध्ये एक संस्था हो । यसले व्यक्तिगत र संस्थागत रुपमा प्रशिक्षार्र्थीहरूको सीप र ज्ञान वृद्धि गर्न उच्च गुणस्तर, व्यापक र अनुकूल प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरु, कर्पोरेट क्षेत्र, विकास क्षेत्र, सरकारी निकाय, सूचना सुरक्षा तथा साइबर सेक्युरिटीको क्षेत्रमा विशेष फोकस गर्दै यी क्षेत्रमा उच्च तहका विज्ञहरु उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार १३:५७