भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे नियुक्त



काठमाडौं । संघीय सरकारका भूमिव्यवस्था, सहकारी तथागरिवीनिवारण मन्त्री बलराम अधिकारीले आफनो प्रेस संयोजकमा विशाल गैरेलाई नियुक्त गरेका छन् । बिगत १० बर्षदेखि पत्रकारिता, उद्यमशीलता, युवा नेतृत्व र शुसासनका क्षेत्रमा काम गदैं आएका गैरेलाई प्रेससंग सम्वन्धी सम्पुर्ण काम गर्ने गरी सचिवालयमा नियुक्त गरेका हुन्।

इन्टरनेशनल गभरनेन्स इन्ष्टिच्युटका अध्यक्ष समेत रहेका प्रेस संयोजकमा नियुक्त विशाल गैरेले त्रिभुवन बिश्वबिद्यालयबाट पत्रकारितामा स्नातक र सार्वजनिक निति, सुशासन र भष्ट्राचार निवारणमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् ।

टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा सक्रिय गैरे बिगतमा बुटवलमा रहेको लुम्विनी टेलिभिजन, काठमाडौंमा रहेका माउण्टेन टेलिभिजन, एभिन्युज टेलिभिजन, नेपाल टेलिभिजन लगायतका सञ्चारगृहमा करिव १० बर्ष पत्रकारिता गरेको अनुभव रहेको छ ।

प्रकाशित : १६ बैशाख २०८१, आईतवार १५:०९