सदस्यसंग जनसचेतन साकोसः पाँच हजार भन्दा बढीलाई सहकारी शिक्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सदस्यसंग जनसचेतन साकोसः पाँच हजार भन्दा बढीलाई सहकारी शिक्षा



दोलखा । दोलखाको वैतेश्वरमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्ला ग्रामीण भेगका पाँच हजार भन्दा बढी सदस्यलाई कार्यक्रममा सहभागिता गराएको हो । संस्थाले ग्रामीण भेगका कुनाकाप्चाका सहकारीलाई बुझ्न नसकेका ९२ वटा टोलमा पुगेर पाँच हजार आठ सय ९० जना आफ्ना शेयर सदस्यहरूलाई टोल- टोलमा सहकारी जनसचेतनको प्रभावकारिता भन्ने नारा लाई साकार पार्ने उद्देश्यले वित्तीय साक्षरता तथा सहकारी शिक्षा शिविर सञ्चालन गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिए ।

संस्थाले तामाकोशी सेवा केन्द्रका चार सय २२ जना, मार्वु सेवा केन्द्रका पाँच सय ३२ जना, मिर्गे सेवा केन्द्रका आठ सय २७ जना सदस्यहरूलाई सहकारी तथा वित्तीय शिक्षा दिएको हो ।

त्यसैगरी पवटी सेवा केन्द्रका ५१ जना, काठमाडौं सेवा केन्द्रका एक सय १२ जना,चरिकोट सेवा केन्द्रका तीन सय छ जना, सांङ्वा सेवा केन्द्रका सात सय ४३ जना, बाबरे सेवा केन्द्रका चार सय ५० जना, वैतेश्वर सेवा केन्द्रका चार सय ४० जना, सुरी सेवा केन्द्रका तिन सय २८ जना लगायतका १७ सेवा केन्द्रका तीन हजार तिन सय १५ महिला र दुई हजार पाँच सय ७५ जना सदस्यलाई सहकारी शिक्षा अन्तर्गत सहकारीको आर्थिक गतिविधि, ऋण कारोबार, सञ्चालकको दायित्व, असल ऋणी बन्न सदस्यले देखाउने इमानदारिता, सहकारीमा सुशासन, कोष विभाजन तथा प्रयोजन, पुँजी परिचालन लगायतका सन्दर्भमा केन्द्रित रहेर सहकारी ग्रामीण गाउँ बस्तीका सदस्यलाई सहकारी शिक्षा प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।

तीन दशक अघि दोलखाको मैनापोखरीमा स्थापना भएको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको लोभलाग्दो प्रगति देखिएको छ । ग्रामीण भेगमा २०५० सालमा ३४ जना शेयर सदस्य र ३४ सय रुपैयाँ पुँजीबाट सुरु भएको सहकारी संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो छवि बनाउन सफल भएको छ ।

सुरुका दिनमा सानो पुँजी र सीमित कार्यक्षेत्रबाट सुरु भएको संस्थाले यस अवधिमा आइपुग्दा अनेकन् सफलता हासिल गरिसकेको छ भने कार्यक्षेत्र विस्तार गरेर ५ जिल्ला पुर्याएको छ । सदस्यहरुको दुख:सुखको साथी बन्नुका साथै सदस्यलाई दिएको सुविधा कारण सदस्यको आकर्षण संस्थाप्रति बढेर गएको छ ।

संस्थाले एसियालीस्तरमा नै छुट्टै पहिचान बनाउन सफल भएको हो । संस्थालाई प्रविधियुक्त, सुरक्षित र प्रतिस्पर्धी वित्तीय संस्था बनाएर लैजाने परिकल्पनाकासाथ अगाडि बढेको संस्थाका प्रमुख कार्यकारी अधकिृत नवराज दहालले बताए ।

प्रकाशित : ५ बैशाख २०८१, बुधबार १५:१२