दोहोरो अंकले बढ्यो नेप्से, काराेबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले बढ्यो नेप्से, काराेबार रकममा पनि सुधार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक १४.३३ अंक बढेर १९८०.२७ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.६२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। गत बिहीबार दुई अर्ब ३६ करोडको सेयर कारोबार भएको बजारमा आज ३०८ कम्पनीको ६८ लाख ७८ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा अधिकांश कम्पनीको सेयर मुल्य बढेको छ । आज बैंकिङ २.५५, विकास बैंक८५.८५, वित्त ८१.८९, जलविद्युत १०.५१, होटल तथा पर्यटन ३८.३३, जीबन बीमा ७२.३०, निर्जीबन १०८.३१, माइक्रोफाइनान्स ५४.९१, उत्पादन तथा प्रशोधन ५.०९ अंक बढेको छ ।

आज पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक बढेको छ। त्यसैगरी, आज कारोबारमा आएको रिभरफल्स पावरको सेयरमूल्य भने सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १३ करोड पाँच लाख ९२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

प्रकाशित : १६ बैशाख २०८१, आईतवार १५:३२