सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बुधबार सुनचाँदीको मुल्य घटेको छ । मंगलबार प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज प्रतितोला २७ सय रुपैयाँले घटेर एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला एक लाख ३३ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार छ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार छ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १९ बैशाख २०८१, बुधबार १०:४०