प्रभु बैंकमा दुई संचालक नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

बैंक / वित्त

प्रभु बैंकमा दुई संचालक नियुक्त



काठमाडौं । प्रभु बैंकमा दुई संचालक नियुक्त भएका छन्। बैंकको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले बैंकमा रिक्त रहेको दुई संचालक पदमा नयाँ नियुक्ति गरेको हो ।

जस अनुसार बैंकले संस्थापक सेयरधनीको समूहबाट रिक्त रहेको संचालक पदमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ बिशालनगर बस्ने किशोर जंग कार्की (प्रतिनिधि क्लाउड मण्डप प्रा. लि.) लाई नियुक्त गरेको छ।

त्यस्तै सर्वसाधारण समूहबाट रिक्त रहेको संचालक पदमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं१५, खुमलटार बस्ने भावना बलायरलाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

प्रकाशित : 30 April, 2024 12:18 pm