काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरुको नाफा यस अवधिसम्म आइपुग्दा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ।
जुन अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुले ४७ अर्ब १ करोड ५३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
आर्थिक मन्दी, कर्जाको माग कम हुनु, सुस्त व्यापार लगायतका कारणले बैंकहरुको विवरण त्यति सन्तोषजन देखिएको छैन । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये यस अवधिमा १३ बैंकहरुको नाफा घटेको छ भने ७ बैंकहरु भने नाफा बढाउन सफल भएका छन्।
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक अगाडि रहेको छ । यसले चार अर्ब ६६ करोड ८० लाख २९ हजार नाफा आर्जन गरेको छ । तर उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ८.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले पाँच अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो।
त्यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले तीन अर्ब ३० करोड नाफा कमाएको छ । यस बैंकको नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशतले कम हो। गत बर्ष यसले चार अर्ब ३५ करोड ८२ लाख ६४ हजार रुपैंया नाफा कमाएको थियो ।
तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन अर्ब २७ करोड ५२ लाख ७७ हजार नाफा कमाएको छ । बैंकको गत आर्थिक बर्षको तुलनामा सो नाफा ७.५२ प्रतिशतले बढेको हो । गत बर्ष यसले तीन अर्ब चार करोड ६१ लाख २३ हजार रुपैंया नाफा कमाएको थियो । नाफा कमाउनेमा अर्काे प्राइम कमर्सियल बैंकले पनि यस अवधिमा १६.६६ प्रतिशत खुद नाफा कमाएर दुई अर्ब ८७ करोड ८७ लाख ४६ हजार रुपैंया पुर्याएको छ । गत बर्षको यसै अवधिमा बैंकले दुई अर्ब ४६ करोड ७५ लाख ५६ हजार रुपैंया कमाएको थियो ।
यस अवधिमा सबैभन्दा कम नाफा कमाउने बैंक भने नेपाल बैंक रहेको छ। यस अवधिमा यस बैंकले १३ करोड पाँच लाख नौं हजार रुपैंया मात्र नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा ९२.६८ प्रतिशतले कमी हो । अघिल्लो बर्ष यसले एक अर्ब ७८ करोड २३ लाख २९ हजार रुपौंया नाफा कमाएको थियो ।
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा बढाउन सफल बैंक भने कृषि विकास बैंक रहेको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा ९७.२२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब चार करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब पाँच करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
त्यसैगरी, समीक्षा अवधिमा नाफा बढाउन सफल बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, र एभरेष्ट बैंक रहेका छन्।
![](https://arthabazar.com/wp-content/uploads/2024/04/data.jpg)
Comment