सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार छ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला एक हजार ६६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १६ बैशाख २०८१, आईतवार ११:२६