लाइफ इन्स्योरेन्स कर्पोरेशनले गर्‍यो लाभांश नदिने घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बीमा

लाइफ इन्स्योरेन्स कर्पोरेशनले गर्‍यो लाभांश नदिने घाेषणा



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले लाभांश नदिने घाेषणा गरेकाे छ । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले कम्पनीको आ.व. २०७९/८० को वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरू माथि छलफल गरी स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

बीमा प्राधिकरणले ति विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रकाशित : १८ बैशाख २०८१, मंगलवार ११:४८