पार्क संरक्षणमा जनता बैंकको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पार्क संरक्षणमा जनता बैंकको सहयोग



काठमाडौ । काठमाडौ महानगरपालिका वडा नं. ३२, महादेवस्थानमा रहेको मदन भण्डारी स्मृति बाटिकाको संरक्षण जनता बैंकको सहयोगमा गरिने भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ३२ एबं उपत्यका बिकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री के.पी. शर्मा ओलीले यहि मिति २०७५ बैशाख ११ गते उद्घाटन गर्नुभएको थियो ।

स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गर्ने यस बैंकको नीति अनुरुप उक्त वाटिकाको दैनिक सरसफाई, रेखदेख र संरक्षणको लागि सहयोग गरिएको हो ।

 

उक्त सहयोग पहिलो चरणमा आगामी एक बर्ष सम्मको लागि हुने गरि यस बैंक र वाटिका संरक्षण समिति बिच संझौता गरिएको छ ।

प्रकाशित : १२ बैशाख २०७५, बुधबार १६:०९