सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार छ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार छ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 24 April, 2024 11:23 am