सुनको मूल्य घट्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य घट्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ११ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला एक हजार ७०५ रुपैयाँ कायम भएको छ

प्रकाशित : १० बैशाख २०८१, सोमबार ११:०२