काठमाडौं। सानिमा माई र्हाईड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनःनियुक्त भएका छन्। कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले ओझालाई आगामी ४ वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी जेठ १५ गतेबाट लागू हुने गरी महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । ओझा यसअघि विस २०७७ जेठ ११ गते महाप्रबन्धकमा नियुक्त भएका थिए।
Comment