फरवार्डमाइक्रो फाइनान्सकाे नाफामा उछाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फरवार्डमाइक्रो फाइनान्सकाे नाफामा उछाल



काठमाडौं । फरवार्डमाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमाससम्ममा ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले चार करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ८२ करोड ७२ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी बढेर ८७ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्म संस्थाले ५९ करोड ८९ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । कर्मचारीका लागि ३४ करोड १४ लाख रुपैयाँ खर्च गरेको संस्थाको अन्य सञ्चालन खर्च भने छ करोड ७४ लाख रुपैयाँ रहेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४२ करोड १५ लाख रुपैयाँको व्यवस्था गरेको छ । संस्थाको खराब कर्जा अनुपात भने वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५.८६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ८.२६ प्रतिशत पुगेको छ ।

संस्थाको निक्षेप संकलन आठ अर्ब ७६ करोड र कर्जा प्रवाह १९ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३३ करोड ८७ लाख रुपैयाँबराबर छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ह्वात्तै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५.५१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी९ईपीएस०बढेर १४.७२ रुपैयाँ पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २६९.३४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार ९७३.६१ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार ११:५८