चेपांग विद्यार्थीलाई कोअपरेटिभ म्यानेजर्स क्लब र युनिकको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चेपांग विद्यार्थीलाई कोअपरेटिभ म्यानेजर्स क्लब र युनिकको सहयोग



चितवन । चितवन जिल्लाका सहकारी प्रबन्धकहरूको क्लब कोअपरेटिभ म्यानेजर्स क्लबले इच्छाकामना गाउँमा बसोबास गर्ने चेपाङ समुदायका विद्यार्थीहरुलाई शुक्रबार राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबांगमा आयोजित एक कार्यक्रमका बीच डस्टबिन, स्टेशनरी सामाग्री र खाद्यवस्तु वितरण गरेर आफ्नो सामाजिक उत्तरदायित्व देखाएको छ ।

रत्ननगर टाँडी स्थित युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष जनकराज पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक लोक बहादुर मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि पौडेलले यस प्रकारको कार्यले चेपाङ जनता र नेपालका अन्य सीमान्तकृत समूहहरूलाई सहयोग गर्न थप मानिसहरूलाई हात मिलाउन प्रेरित गर्ने विश्वास लिएको, सँगै मिलेर काम गरेर सबैका लागि थप समावेशी र समतामूलक समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरे ।

कोअपरेटिभ म्यानेजर्स क्लबले विद्यालय परिसरको कक्षा कोठा सरसफाईका लागि १२ थान र कक्षामा ८ मा अध्यनरत ३१ जना बिध्यार्थीहरुको घरमा फोहोर संकलन ब्यवस्थापनका लागि ३१ थान डस्टविन र स्टेशनरी कपी २० दर्जन हस्तान्तरण गरेको थियो। त्यसैगरी युनिक साकोसले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा घोषणा गरे अनुसार उक्त विद्यालयमा अध्ययन गर्न छात्रावासमा बस्ने विद्यार्थीहरुका लागि १५ बोरा खाद्य सामग्री समेत सोही अवसरमा वितरण गरिएको जानकारी विशिष्ट अतिथि एवम् क्लबका अध्यक्ष मेघनाथ लामिछानेले बताए।

उनले चितवन जिल्लाका सहकारी प्रबन्धकहरुलाई तालिम, शिक्षा र सञ्जालको अवसर उपलब्ध गराउने उद्देश्यले क्लबको स्थापना गरिएको बताए । उनले स्व-सहयोग, लोकतन्त्र, समानता र ऐक्यबद्धता जस्ता सहकारी मूल्य र सिद्धान्तको प्रवद्र्धन गर्न क्लब प्रतिबद्ध रहेको बताए । उनले विभिन्न सामाजिक तथा आर्थिक गतिविधिमा संलग्न भई चितवन जिल्लाको विकास र समृद्धिमा क्लबले साथ दिन चाहेको बताए । उनले कक्षा ८ देखि १० मा अध्धयन गर्ने मध्येबाट एकजना चेपांग छात्रालाई व्यक्तिगत रुपमा वार्षिक पढाई खर्च रकम छात्रवृति दिने घोषणा समेत गरे ।

कार्यक्रममा क्लबका उपाध्यक्ष गोबिन्द सुबेदीले कोअपरेटिभ म्यानेजर्स क्लब चितवनमा सक्रिय रही सहकारी क्षेत्रमा परिवर्तन ल्याउन लागेको बताए। क्लबमा ७९ सहकारी प्रबन्धक सदस्य रहेका छन्, जसमध्ये २६ वटा संस्थाले उक्त सहयोग कार्यक्रममा सहभागी भएको बताए। क्लबले आफ्ना सदस्यहरूलाई सहकारी व्यवस्थापनमा उनीहरूको ज्ञान र सीप बढाउनको लागि नियमित बैठकहरू, कार्यशालाहरू, सेमिनारहरू, र एक्सपोजर भ्रमणहरू आयोजना गर्ने र सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू र मञ्चहरूमा पनि भाग लिने बताए ।

विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले क्लब र युनिक साकोसलाई सहयोगको लागि धन्यवाद दिदै विद्यालयमा श्रोत साधन र सुविधा नहुँदा धेरै चुनौती सामना गर्नुपरेको बताए । विद्यालयमा ९० प्रतिशत चेपाङसहित विभिन्न जातजातिका करिब ३०० सय विद्यार्थी अध्ययनरत रहेको उनले बताए । उनले क्लबको सहयोगले आफ्ना विद्यार्थीको शैक्षिक गुणस्तर र जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा विशिष्ट अतिथिको रुपमा युनिक साकोसका संचालक राममणी न्यौपाने, क्लवका कार्यसमिति सदस्य कुमार श्रेष्ठ, क्लबका सदस्य उमेश पौडेल लगायतको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षिका श्रीमाया प्रजाले संचालन गरेको उक्त कार्यकममा शिक्षिका अनिता आलेले स्वागत मन्तव्य राखेकी थिइन भने छात्राहरुले गितबाट स्वागत गरेका थिए।

चेपाङ जनता नेपालका आदिवासी जनजाति हुन् जुन ऐतिहासिक रूपमा सीमान्तकृत र भेदभावमा परेका छन्। तिनीहरू हिमालयको प्रारम्भिक बसोबास गर्नेहरू मध्ये एक हुन् भन्ने विश्वास गरिन्छ, र तिनीहरूको जीवन शैली निर्वाह खेती, शिकार र भेलाको वरिपरि घुम्छ। तिनीहरूको आफ्नै छुट्टै संस्कृति, परम्परा र विश्वासहरू छन्, तर तिनीहरूले शिक्षा, स्वास्थ्य सेवा र अन्य आधारभूत सेवाहरूमा पहुँचको कमीको कारणले महत्त्वपूर्ण चुनौतीहरूको सामना गर्नुपरेको छ।

प्रकाशित : १ पुष २०८०, आईतवार १५:१६