आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बीमा

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ। लाभांश संशोधन पछि इन्स्योरेन्सले चुक्ता पूँजीको कुल २६.१३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

जसमध्ये २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश रहेको छ। नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

यसअघि भने इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

तर प्राधिकरणले वितरणयोग्य मुनफाबाट बोनस सेयर दिन पाइने र त्यसको कर प्रयोजनको लागि मात्र नगद लाभांश दिन पाइने व्यवस्था गर्न निर्देशन दिएकोले लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १२:१२