बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा



काठमाडौँ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बाग्मती प्रदेशमा बिदा भएपनि सेयर बजार र बैंक वित्तिय संस्था भने खुल्ला रहने छ। बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णय अनुसार बिदा दिने भएको हो।

बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १२:४४