नबिल बैंकको नाफा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल बैंकको नाफा सामान्य वृद्धि



काठमाडौं। नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमासमा खुद मुनाफा २ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा ४ दशमलव ३१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्ष सोहि अवधिमा मुनाफा २ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ कमाएको थियो ।

६ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी भएको नबिल बैंकले ३० प्रतिशतले वृद्धि गरी ८ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ । जसले जगेडाकोषमा ८ अर्ब ८१ करोड ६८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा बैंकले १ खर्ब २३ अर्ब १ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा १ खर्ब ५ अर्ब २५ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ जुन अघिल्लो वर्षको तुलनाभन्दा १५ दशमलव ९८ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद व्याज आम्दानी १० प्रतिशत सञ्चालन मुनाफा ३ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हुँदा मुनाफामा पनि ४ प्रतिशतले मात्र वृद्धि गरेको हो । बैंकले प्रोभिजनमा २६ करोड ३७ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा २ लाख रुपैयाँ उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी (वार्षिक) ४६ दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २१ दशमलव १२ गुणा, तरलता अनुपात २४ दशमलव २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ २ सय १० रुपैयाँ, निष्कृय कर्जातर्फ १ दशमलव ०७ प्रतिशत र जोखिम युक्त सम्पतिमा १३ दशमलव ०२ प्रतिशत रहेको छ ।

प्रकाशित : १४ बैशाख २०७५, शुक्रबार १२:०८