काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको हो ।
दुई मुलुकसँग हवाई सम्झौता भएमा दुवै मुलुकका हवाई सेवा कम्पनीहरूले एक अर्को मुलुकमा उडान गर्न पाउनेछन् । लामो समयदेखि अमेरिका र स्विजरल्यान्डका हवाई सेवा कम्पनीले नेपालमा उडान गर्नका लागि चासो देखाउँदै आएका थिए । नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सम्झौता गरेको छ ।
Comment