काठमाडौं । Grace International Group को आयोजनामा ‘CUNA Education Fair 2026’ आयोजना हुने भएको छ। विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक अवसर तथा आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।
बुधबार (सेप्टेम्बर ३०) बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म बागबजारस्थित Grace International मा मेला सञ्चालन हुनेछ।
आयोजकका अनुसार मेलामा विद्यार्थी तथा समुदायलाई उपयोगी शैक्षिक अवसरबारे जानकारी प्रदान गरिनेछ। कार्यक्रममा सहभागी भई समाचार तथा कभरेज गर्न सञ्चारमाध्यमका प्रतिनिधिलाई समेत आयोजकले आमन्त्रण गरेको छ।












Comment