काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी



काठमाडौं । काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू नियमति सञ्चालनमा आएका छन् । मंगलबार बिहान ९ बजेसम्मको अवस्थाअनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा रहेका छन् ।

यी सडकका केही स्थानमा सडकको अवस्थाका कारण एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको भए पनि अधिकांश स्थानमा भने दुईतर्फी रूपमा यातायात सञ्चालनमा रहेको रहेको छ । धादिङस्थित कृष्णभीर सडकखण्ड पनि हाल दुवैतर्फबाट सवारीसाधन सञ्चालन भइरहेको छ 

प्रकाशित : 29 September, 2026 12:05 pm