काठमाडौं। “अशोक लेल्याण्डको आधिकारिक वितरक आईएमई मोटर्सले सेप्टेम्बर २७ देखि अक्टोबर १६, २०२६ सम्मका लागि २० दिने “दशैं–तिहार चाडपर्वको यात्रा, सुरक्षित र चुस्त बनाऔं” सर्भिस क्याम्प सुरु गरेको छ।देशभरका १४ वटा सेवा केन्द्रबाट २५०० भन्दा बढी व्यावसायिक सवारीसाधनको जाँच गरिने यस अभियानमा १००% नि:शुल्क लेबर चार्ज, ब्रेक एडजस्टमेन्ट, EDC स्क्यानका साथै पार्टपुर्जा र ल्युब्रिकेन्ट्समा १५% छुट उपलब्ध छ। चाडपर्वमा सुरक्षित यात्रा सुनिश्चित गर्न शनिबार पनि सेवा केन्द्रहरू खुला रहनेछन्।”
२७ सेप्टेम्बरदेखि १६ अक्टोबर २०२६ सम्म सञ्चालन हुने यस २० दिने सर्भिस क्याम्पको आजदेखि औपचारिक सुरुवात गरिएको हो। अभियानअन्तर्गत Ashok Leyland का देशभर रहेका १४ वटा ग्राहक सेवा केन्द्रमार्फत ग्राहकहरूले विशेष सेवा तथा सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
काठमाडौं उपत्यकामा ग्राहकहरूले बालाजुस्थित Ashok Leyland Service Centre बाट सेवा लिन सक्नेछन् भने उपत्यकाबाहिर धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, बुटवल, चितवन, पोखरा, हेटौँडा, बर्दिबास, जितपुर, इटहरी, बिर्तामोड र कटारीलगायतका सेवा केन्द्रबाट आफूलाई पायक पर्ने स्थानमा सेवा लिन सक्नेछन्।
यस २० दिने सर्भिस क्याम्पमार्फत Ashok Leyland का २,५०० भन्दा बढी व्यावसायिक सवारीसाधनको प्रभावकारी जाँच तथा मर्मतसम्भार गरिनेछ। अभियानअन्तर्गत Brake Adjustment, श्रम शुल्क, Bumper-to-Bumper Check-up तथा EDC Diagnostic Scan मा १०० प्रतिशत छुट अर्थात् निःशुल्क सेवा उपलब्ध हुनेछ। साथै, Parts तथा Lubricants मा Flat 15% छुट र AdBlue मा विशेष छुट प्रदान गरिनेछ।
यसका अतिरिक्त, चालकहरूका लागि BS6 Basic Training अन्तर्गत Driver Awareness Program सञ्चालन गरिनेछ। ग्राहकहरूले नियमित मर्मतसम्भार, Driver Training तथा Battery र Wiring Check-up लगायतका विभिन्न सेवासमेत निःशुल्क प्राप्त गर्न सक्नेछन्।












Comment