अर्थमन्त्रीसंग यसरी खनियो शेयर लगानीकर्ता संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्थमन्त्रीसंग यसरी खनियो शेयर लगानीकर्ता संघ



काठमाडाै । शेयर लगानीकर्ता संघले नयाँ सरकारको अर्थमन्त्री नियुक्तीसंगै निरन्तर रुपमा शेयरबजार ओरालो लागेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघले अर्थमन्त्रीबाट पूँजीबजारको बारेमा बारम्वार नकारात्मक टिप्पणीहरु धारा प्रवाह रुपमा आई नै रहनु र अर्थमन्त्रीबाट देशमा विद्यमान तरलताको समाधानमा कुनै प्रकारको चासो नदेखाएको आपत्ति जनाएको हो ।

संघले तिन खम्बे अर्थ नीतिका पक्षपाति अर्थमन्त्रीलाई यो सरकारको पूँजीबजार प्रति स्पष्ट धारणा के हो प्रष्ट पार्न पनि अनुरोध गरेको छ । साथै तिन खम्बे अर्थ नीतिमा निजी क्षेत्रलाई निरुत्साहित गर्दै जाँदा सो नीति कसरी सफल हुन्स सक्छ भन्दै प्रश्न गरेको छ ?

आज एक बिज्ञप्ति जारि गर्दै संघले करिव २० लाख सर्वसाधारण जनताको लगानी रहेको र आजका मितिमा १६ खर्बको पूँजीबजारलाई अर्थमन्त्रीज्यूबाट निरुत्साहित तुल्याउने वातावरण श्रृजना गर्नु अत्यन्त दुर्भाग्यपूर्ण र निन्दनिय भएको उल्लेख गरेको छ ।

संघका अध्यक्ष उत्तम अर्यालद्वारा जारि बिज्ञप्तिमा अर्थ मन्त्रीले शेयर बजारलाई अनुत्पादक क्षेत्र भनेकोमा त्यसको औचित्य पुष्टि गर्न आग्रह गरिएको छ । बिज्ञप्तिमा भनिएको छ ‘पूँजीबजारबाट लगानी जुटाउँदै नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिदै आएको चिलिमे जलविद्युत केन्द्र, माथिल्लो तामाकोसी जलविद्युत केन्द्र र हाल संचालित विभिन्न आयोजनाहरु अरुण, बरुण, हिमाल, खानीखोला, सानिमा हाइड्रो जस्ता कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले लगानी गरेको पूँजी अनुत्पादक क्षेत्र हो ? माछा पालनमा ऋण दिने अनि त्यसलाई बिक्रि गर्न पसल खोल्ने व्यापारीले लगानी गरेको लगानी चाँहि अनुत्पादक ??? बैंक तथा वित्तिय संस्था खोलेर हाइड्रो, कृषि, वन पैदावार जस्ता मन्त्रीज्यूको भाषामा उत्पादनसिल क्षेत्र तर सोको लागि पूँजी जुटाउने, त्यसको व्यवस्थापन गर्ने देशमा विद्यमान बेरोजगार समस्यालाई समाधान गर्दै करिब ५० हजार युवाहरुलाई रोजगारी दिन खोलेका बैंक तथा वित्तिय संस्थाका शेयरहरु कसरी अनुत्पादक ?‘

 

साथै संघले अर्थमन्त्री समक्ष विभिन्न मागहरु राखेको छ । अनलाईन कारोवार सिघ्र सञ्चालन, बजार निर्माताको रुपमा व्यवसायिक सघं÷सस्थालाई पुँजीबजारमा भित्राउन पहल गर्ने, ल्च्ल् हरुलाई पँुजीबजारमा लगानी गर्ने वातावरण श्रृजना गराउने, नयाँ ब्रोकरहरु वा बैकं तथा वित्तिय संस्थालाई ब्रोकर लाइसेन्स दिने व्यवस्था मिलाउने, शेयर धितोमा दिइदै आएको ७० % मार्जिन कर्जालाई विना कारण ५० % मा झार्ने कार्यलाई पुनः ७० %मार्जिन कायम गर्नु पर्ने, प्राथमिक पुँजी कोषमा २ अर्ब बैकको पूँजी हुँदा १०० % कर्जा उपलव्ध गराउदै आएकोमा ८ अर्ब पूँजी पुग्दा समेत ४० % कायम भएकोले पुनः १०० % कायम गर्नु पर्ने र शेयर ऋणमा कायम गरिएको औषत भार १५० % बाट १०० % कायम गर्नु पर्ने जस्ता महत्वपूण माथिका बूदाँहरु तत्काल सम्बोधन गर्न संघले माग गरेको हो ।

प्रकाशित : २० फाल्गुन २०७४, आईतवार १७:४१