आर्थिक अवस्था खुम्चिँदा अटो क्षेत्र प्रभावित बन्यो, उकास्न हातेमालो गराैँः सुयोग श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अटो

आर्थिक अवस्था खुम्चिँदा अटो क्षेत्र प्रभावित बन्यो, उकास्न हातेमालो गराैँः सुयोग श्रेष्ठ



काठमाडाैं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं सांग्रिला बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठले मुलुकको समग्र आर्थिक अवस्था खुम्चिँदा अटो क्षेत्र पनि प्रभावित भएको बताए । ‘त्यसकारण अर्थतन्त्र माथि नगई कुनै एउटा मात्र क्षेत्र माथि जान्छ जस्तो लाग्दैन,’ उनले भने ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो धारणा व्यक्त गरेका हुन् ।

नाडा अटो शो २०२४ मा करिब ९५ प्रतिशत विद्युतीय सवारी साधनका स्टल रहेको र अवलोकनकर्ताले पनि सोही अनुपातमा विद्युतीय सवारी साधन नै बुक भएको पाइएको उनले बताए । ‘नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण सेयर बजारले बुलिस ट्रेन्ड समातेको देखिएको छ,’ सीईओ श्रेष्ठले भने, ‘सेयर बजार बढेको कुराको संकेतका रुपमा नाडामा गाडी बुक भएको अवस्थालाई लिन सकिएला ।’

प्रकाशित : 2 September, 2024 1:06 pm