ईभीमार्फत धेरै पैसा विदेशिएको छ : सीईओ खड्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ईभीमार्फत धेरै पैसा विदेशिएको छ : सीईओ खड्का



काठमाडाैं । नेपाल बीमक संघका महासचिव एवं नेको इन्स्योरेन्सका सीईओ अशोक खड्काले ईभीमार्फत धेरै पैसा बिदेशिएको बताएका छन् ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो धारणा व्यक्त गरेका हुन् ।

‘ईभीमार्फत धेरै विदेशी मुद्रा बाहिरिएको छ तर त्यसअनुसार सरकारले राजस्व आम्दानी गर्न सकेको छैन,’ उनले भने, ‘विदेशी मुद्रा कति बाहिरिँदा कति राजस्व उठिरहेको छ, त्यसको पनि हिसाब–किताब गर्न जरुरी हुन्छ ।

प्रकाशित : १७ भाद्र २०८१, सोमबार १२:५८