सरकारले करमार्फत आईसीई र ईभीबीच चर्को विभेद गरेको नाडा अध्यक्षको आरोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सरकारले करमार्फत आईसीई र ईभीबीच चर्को विभेद गरेको नाडा अध्यक्षको आरोप



काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष करणकुमार चौधरीले सरकारले विद्युतीय सवारी साधन (ईभी) लाई अधिकतम प्राथमिकतामा राख्दा पेट्रोलियम सवारी साधन (आन्तरिक दहन इन्जिन–आईसीई) लाई बेवास्ता गरेको बताए । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो धारणा व्यक्त गरेका हुन् ।

उनले सरकारले मुख्यतः करमार्फत आईसीई र ईभीबीच चर्को विभेद गरेको आरोप लगाए । ‘ईभीलाई प्राथमिकता दिइएका कारण ईभीको बजार उल्लेख्य बढेको छ, यो राम्रो कुरा हो,’ उनले भने, ‘तर अहिले आईसीईको व्यवसाय करिब–करिब ठप्प छ, सरकारले ईभीमा कर बढाओस् भन्ने होइन, आईसीईलाई पनि कर घटाओस् र व्यवसाय वृद्धिमा सहयोग गरोस् भन्ने हाम्रो माग हो ।’

उनले खुम्चिएको अटो क्षेत्रलाई उकास्न राष्ट्र बैंकका तर्फबाट विशेष पहल हुनुपर्ने बताए । ‘साना तथा मझौला व्यवसाय चलायमान हुन नसक्दा अटो व्यवसायमा त्यसको प्रभाव परेको छ,’ चौधरीले भने ।

प्रकाशित : १७ भाद्र २०८१, सोमबार १३:०३