सेयर बजारमा दोहोरो अंककाे गिरावट, नौं अर्ब ६५ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंककाे गिरावट, नौं अर्ब ६५ करोडकाे काराेबार



काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज बजार नेप्से १२.१० अंकले घटेर २७२७.३६ को विन्दुमा कायम भएको हो। त्यस्तै आज सेन्सेटिभ इण्डेक्स २.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ।

आज १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३१६ कम्पनीको दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच हुदाँ नौं अर्ब ६५ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ४० करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गुडविल फाइनान्सको २९ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज आत्मानिर्भर लघुवित्त वित्तीय संस्था, यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : २० भाद्र २०८१, बिहीबार १५:३२