ग्लोबल आइएमई बैंकले एकसाथ ल्यायो नयाँ खाता खोल्दा ५ वटा फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकले एकसाथ ल्यायो नयाँ खाता खोल्दा ५ वटा फाइदा



काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित पाँच वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ ।

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिदबिक्री) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनको लागि मेरो शेयर, आईपीओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर र जेबीएनएल सेक्युरिटिजमा शेयर बजारमा शेयर खरिदबिक्रीका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् ।

यो सुविधा कम्पनीले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।

यी सेवाहरु कम्पनीको ३५४ वटा शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिने कम्पनीको भनाइ छ ।

कम्पनीको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू छन् ।

प्रकाशित : २० भाद्र २०८१, बिहीबार १९:५५