नाडा अटो शोले बैंकिङ क्षेत्रलाई सक्रिय बनायोः अध्यक्ष केसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाडा अटो शोले बैंकिङ क्षेत्रलाई सक्रिय बनायोः अध्यक्ष केसी



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीले सरकारको वातावरणीय सन्तुलनलाई प्राथमिकता दिने नीति नाडा अटो शोमा प्रभावकारी रूपमा प्रतिबिम्बित भएको बताएका छन् । आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले आफ्नो धारणा व्यक्त गरेका हुन्।

केसीले बैंकिङ क्षेत्रको ऊर्जा क्षेत्रमा गरेको लगानीलाई उल्लेख गर्दै भने, “बैंकहरूले ऊर्जा क्षेत्रमा ३५० अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यसले न केवल उत्पादित ऊर्जाको उपभोगलाई प्रोत्साहित गर्छ, तर विद्युतीय सवारी साधन (ईभी) को बढ्दो आयात र बिक्रीले पनि इकोसिस्टमलाई समर्थन गर्नेछ भन्नेमा म विश्वस्त छु ।”

उनले अर्थतन्त्रको सुस्त अवस्थामा नाडा अटो शोले बैंकिङ क्षेत्रलाई सक्रिय बनाएको पनि बताए । “विद्युतीय सवारी साधनको दीर्घकालीन विकासका लागि चार्जिङ स्टेशन लगायतका पूर्वाधार विकासमा जोड दिन आवश्यक छ,” केसीले भने, “बैंकिङ क्षेत्र यी पहलहरूलाई समर्थन गर्दै अघि बढ्न तयार छ।”

उनका अनुसार, यी कदमहरूले विद्युतीय सवारी साधनको व्यवसायलाई दीगो बनाउने र आर्थिक वृद्धि तथा वातावरणीय स्थिरता दुवैलाई प्रोत्साहित गर्नेछन्।

प्रकाशित : १७ भाद्र २०८१, सोमबार १२:४६