काठमाडौं । इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर१’ क्याम्पेन सार्वजनिक गरेको छ। प्रयोगकर्तालाई यात्रा अनुभवलाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
क्याम्पेन अप्रिल १४ देखि मे ४, २०२६ सम्म सञ्चालन हुनेछ। यस अवधिमा इनड्राइभ एपमार्फत बुक गरिएको प्रत्येक राइडले प्रयोगकर्तालाई लक्की ड्रमा सहभागी हुने अवसर दिनेछ। “१ राइड . १ लक्की ड्र टिकट” अवधारणाअनुसार जति धेरै राइड, उति धेरै जित्ने मौका रहनेछ।
मेगा गिभअवेअन्तर्गत १० जनाले Honor X7D स्मार्टफोन जित्ने अवसर पाउनेछन्। साथै, अन्य पुरस्कारहरूमा १,००० जनालाई १५ प्रतिशत क्यासब्याक ९अधिकतम रु ५००, १,००० जनालाई रु २०० क्यासब्याकसहित एयरलाइन प्रोमो कोड तथा १०० जनालाई खल्ती प्रोमा अपग्रेड सुविधा समावेश गरिएको छ।
मेगा गिभअवेमा सहभागी हुन राइडपछि खल्ती एपमार्फत प्रयोगकर्ता खाताबाट ड्राइभर खातामा कम्तीमा दुई वटा कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ।
इनड्राइभ नेपालकी कन्ट्री प्रतिनिधि रीता पोखरेलले प्रयोगकर्तालाई चालक छनोट र भाडा निर्धारणको स्वतन्त्रता दिँदै आएको उल्लेख गर्दै यो क्याम्पेनमार्फत ग्राहकप्रति आभार व्यक्त गर्न खोजिएको बताइन्।
त्यस्तै, खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोडेर सेवा अझ सहज र सुरक्षित बनाउने लक्ष्य रहेको बताए।
क्याम्पेन नेपालभर लागू हुने र सहभागी हुन इनड्राइभ एपमार्फत राइड बुक गरे पुग्नेछ। लक्की ड्रका विजेताहरू हरेक हप्ता इनड्राइभका आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्।






Comment