मलको ढुवानी, भण्डारण तथा वितरणका सम्बन्धमा छलफलपछि मन्त्रालयलाई सुझाव दिइने  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मलको ढुवानी, भण्डारण तथा वितरणका सम्बन्धमा छलफलपछि मन्त्रालयलाई सुझाव दिइने 



काठमाठौं । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय—समयमा दिएका निर्देशन तथा सुझावहरूको कार्यान्वयन अवस्था सम्बन्धमा र कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषय छलफल भएको छ । 

छलफलका क्रममा समितिका सभापति अशोककुमार चौधरीले मलको ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी विषयमा सबै सरोकारवाला पक्षसँग छलफल गरेर मात्रै मन्त्रालयलाई सुझाव तथा निर्देशन दिनुपर्ने बताएका छन् ।

सभापति चौधरीले तत्कालीन तथा दीर्घकालीन रूपमा मल उपलब्ध गराउने मन्त्रालयको योजनाबारे जानकारी माग गरिएको बताए ।

उनले जैविक तथा प्राङ्गारिक मल उत्पादन र प्रयोगका विषयमा समितिले निरन्तर छलफल गरिरहेको जानकारी दिए । मल उत्पादन गर्ने कम्पनीहरूसँग पहिलो चरणमा छलफल गरिएको र तेस्रो चरणमा अर्थ, उद्योग, कृषि मन्त्रालय तथा लगानी बोर्डलगायतका निकायसँग छलफल गरिएको उनले बताए ।

उनले समितिले सबै पक्षको धारणा सुनेर निष्कर्षमा पुगेपछि मात्रै मन्त्रालयलाई आवश्यक सुझाव वा निर्देशन दिन सक्ने स्पष्ट पारे ।

उनले भने, ‘समितिले लेखेर दिँदा मात्र काम हुन्छ भन्ने हुँदैन । सबै पक्षसँग बैठक बसेर निष्कर्षमा आएपछि मन्त्रालयलाई सुझाव दिन मिल्छ, निर्देशन दिन मिल्छ ।’

प्रकाशित : 1 October, 2026 1:02 pm