मन्दीमा सहकारीका सञ्चालकको भूमिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मन्दीमा सहकारीका सञ्चालकको भूमिका



वर्तमान असहज अवस्थामा सहज सञ्चालन गर्ने कौशल भएको ब्यक्ति सहकारीको सञ्चालक हुन आवश्यक छ । विश्वसहित हाम्रो देश नेपालको आर्थिक वातावरणमा केही मन्दी देखिएको छ । मन्दीको असरबाट हाम्रो देशका सहकारी संघ संस्थाहरु अछुतो रहन सकेका छैनन् । मुद्रा स्फितिको कारण मुद्राको क्रयक्षमता ¥हास भएको छ । शेयर सदस्यहरुको आम्दानी बृद्धि भएको छैन । बजारमा महंगी बृद्धि भइरहेको छ । यही असरले ऋण लाने शेयर सदस्यहरुको ऋण भुक्तानी क्षमता ¥हास भएको देखिन्छ । यसको असर स्वरुप सहकारी संस्थामा भाखा नाघेको ऋणको प्रतिशत बृद्धि भएका पाइन्छ । भाखा नाघेको ऋण बृद्धिले ऋण सुरक्षण खर्च बृद्धि भइ आम्दानीमा ¥हास भएको देखिन्छ ।

सहकारीको तेस्रो सिद्धान्त बमोजिम सदस्यहरुको आर्थिक सहभागिता भन्ने कुरालाई प्रभावकारी रुपमा लागू गरी बचत नियमित गराउन केही कठिन परेको अवस्था छ । बित्तिय बजारमा केही असहजता हुँदा सहकारी संस्थाको मानव संशाधनमा केही जोखीमहरु थप भएको महसुस भई स्ट्रेस बृद्धि हुँदै गएको देखिन्छ । ऋणी शेयर सदस्यहरुलाई सहकारी संस्थाहरुको नियमित फलोअफले केही असहजता सृजना भएको र नैराश्यता बृद्धि भएको देखिन्छ । नाफाको उद्देश्य राख्ने केही सहकारी संस्थामा देखा परेको समस्याले समाजलाई पनि सहकारीको बारेमा के होला भन्ने सोचाई बिकास भएको देखिन्छ । राज्यको राजनीतिक बृत्तमा सहकारीलाई आधार बनाइ ठुला राजनीतिक दलले सांसद भवनभित्र समेत सहकारीको बहस चलाएको जस्तो पाइन्छ । यसले आम जनमानसमा केही प्रश्नहरु उठाएको अवस्था पनि छ । यस्तो अवस्थामा सहकारी संस्था सञ्चालन गर्नको लागि बार्षिक साधारण सभाबाट जिम्मेवारी पाइ दरिलो सपथ खाएको सञ्चालक समितिले केही थप महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने टट्कारो आवश्यकता देखिएको छ । यस्तो अवस्थामा सहकारी संस्थाका सञ्चालक समितिले निर्वाह गर्नुपर्ने केही महत्वपुर्ण भूमिकाको बारेमा चर्चा गर्नु उपयुक्त देखिन्छ ।

सहकारी संस्थाको सञ्चालक समितिले असहज अवस्थामा सहकार्यलाई प्रमुख प्राथमिकता दिनु उपयुक्त हुन्छ । सहकार्यको माध्यमबाट कार्य अगाडि बढाउँदा सफलता प्राप्त हुने सम्भावना बढी हुन्छ । सञ्चालकले आफु बिच, कर्मचारी र शेयर सदस्यहरुसँग सहकार्यलाई प्राथमिकता दिएमा सफल हुने सम्भावना बढी हुन्छ । वर्तमान अवस्थामा सकरात्मक परिणाम निकाल्नको लागि सञ्चालकहरुमा सकरात्मक सोच आवश्यक हुन्छ । यस्तो सोच बिकास गरी ब्यवहारमा प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।

बिश्वको आर्थिक वातावरणीय परिवेष तथा नेपालको आर्थिक वातावरण कस्तो छ जानकारी पाउनको लागि आर्थिक वातावरणसँग सम्बन्धित विविध बिषयलाइ गहन अध्ययन गरी बिश्लेषण गरेर आफूले नेतृत्व गरेको संस्थाको परिवेष अनुसार ब्यवहारमा उतार्नुपर्ने आवश्यकता देखिएको छ । आर्थिक बातावरण सम्बन्धमा संस्था र आफूसँग भएको क्षमता बमोजिम अनुसन्धान गर्ने र नयाँ परिदृश्य मध्येनजर गरी सहकारी संस्थालाई सोही बमोजिम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
संस्थालाई सफल रुपमा सञ्चालन गर्नको लागि मनोनित गरिएको बिभिन्न उपसमितिहरुलाई उत्प्रेरीत र क्रियाशील बनाइ कार्यप्रभावकारिता बृद्धि गर्नुपर्ने आवश्यकता देखिन्छ । सहकारी संस्थामा बर्तमान वित्तिय बातावरणको असरले सहजै आम्दानी बृद्धि गर्न केही असहज परिस्थिति सृजना भएको महसुस भएको छ भने खर्च कटौति गर्नु आजको अपरिहार्य आवश्यकता हो । सहकारी संस्थाले गर्ने बिभिन्न खर्चहरु कटौति गर्न नसक्ने सञ्चालकले सहकारी संस्थाको भविश्यमा प्रश्न उठाउने अवस्था देखिन्छ । स्थिर खर्चलाई पनि सकेसम्म कटौति गर्ने र परिवर्तनीय खर्चलाई जतिसक्दो कम गर्नुपर्ने वर्तमान अवस्था छ । संस्था सञ्चालनमा सहजता ल्याउनको लागि खर्च कटौतिको साथै नयाँ आम्दानीको स्रोत वा शिर्षकको खोजी गर्नुपर्ने बर्तमान सहकारी सञ्चालकहरुको बिशेष जिम्मेवारी देखिन्छ ।

सहकारी संस्थामा सञ्चालक समितिहरु आफैं स्वउत्प्रेरित भइ संस्थामा कार्यरत कर्मचारीहरुलाई बिषेश उत्प्रेरणा प्रदान गर्नुपर्ने अवस्था छ । युवा जति बिदेशिने हाम्रो देशको रोगबाट सहकारी संस्थाहरुमा अव केही समयपछि नै मानव संशाधनको खाँचो महसुुस गर्नुपर्ने अवस्था छ । त्यसैले संस्थामा कार्यरत कर्मचारीहरुलाई पूर्ण रुपमा उत्प्रेरित बनाइ बलियो अभिभावकत्व प्रदान गर्नुपर्ने जिम्मेवारी वर्तमान सहकारी संस्थाको सञ्चालक समितिमा छ ।

सहकारी संस्था शेयर सदस्यहरुद्धारा स्थापना गरी सहकारी सिद्धान्त, मूल्य, मान्यता, राज्यको कानून बमोजिम सञ्चालन हुने संस्था हो । सहकारी संस्थाको देवता भनेको संस्थाका शेयर सदस्य हुन् । सहकारी संस्थाका हरेक कार्यक्रमहरु सदस्यमैत्री, सदस्यउन्मुख हुनुपर्दछ । संस्थाको सञ्चालक समितिहरु अबैतनिक र शेयर सदस्यहरुद्धारा चुनिएका ब्यक्तिहरु हुन् । उनीहरुले आफ्नो संस्थाको शेयर सदस्यहरुसँग धेरै नजिक रहनुपर्दछ अर्थात् शेयर सदस्यहरुसँग घुलमिल हुनुपर्दछ । झन् आर्थिक मन्दीले शेयर सदस्यहरु पिरोलिइरहेको बेलामा थप घुलमिल भइ उत्प्रेरणा र आत्मबल प्रदान गर्नु सहकारी संस्थाको सञ्चालक समितिहरुको प्रमुख दायित्व हो ।

बिगतमा वित्तिय बजार सहज हुँदा, व्यापार व्यवसाय राम्रो सञ्चालन हुँदा, आयस्रोत बढी नै हुँदा लिएको ऋणले बर्तमान वित्तिय संकटको अवस्थामा केही ऋण लाने शेयर सदस्यज्यूहरुलाई ऋण तिर्नको लागि केही समस्या परेको हुनसक्छ । यस्तो अवस्थामा सहकारी संस्थाको सञ्चालक समितिले उहाँहरुलाई उद्यमी बन्ने आइडिया दिनसक्नु पर्दछ । सञ्चालनमा रहेको सिथिल व्यवसाय छ भने पुन सञ्चालन गर्नको लागि ऋण सहयोग गर्न सकिन्छकी बिचार गर्नुपर्दछ । यसरी सहयोग गर्दा सहयोग नै असहज हुने अवस्था छ भने बचत जोखिम हुने हुनाले त्यस्तो कार्यबाट सजग हुनुपर्दछ ।

व्यवसाय शिथिल भएका तथा ऋणको भाखा नघाएको सदस्यहरुलाई सान्त्वना र उत्प्रेरणा दिई सहकार्य गर्दै आर्थिक अवस्था मजबुत बनाउनतिर मार्ग बताइदिन सक्नुपर्दछ । यसैगरी ऋण लागि तिर्न सक्ने क्षमता भएको तर सहकारी संस्थालाई धेरै नजिक सम्झी ऋण नतिर्ने ऋणी शेयर सदस्यहरु पनि हुन सक्नुहुन्छ । यस्तो ऋणी शेयर सदस्यहरुलाई राज्यको ऐन, नियमावली, संस्थाको बिनियम, ऋण कार्यविधि बमोजिम प्रक्रिया अगाडि बढाई ऋण असुली गर्ने प्रमुख जिम्मेवारी सहकारी संस्थाको सञ्चालक समितिको हुन्छ ।

सहकारी संस्था जहाँ अवस्थित छ र कार्यक्षेत्र जति छ त्यो क्षेत्रमा बसोवास गर्ने ब्यक्तिहरुले सहकारी संस्थालाई हेर्ने दृष्टिकोण बिश्लेषण गरी पूर्ण सकारात्मक दृष्टिकोण बनाउने कार्य सञ्चालक समितिको हुन्छ । संस्थाको कार्यक्षेत्र भित्रको टोल टोलमा गई सदस्य भेटघाट गर्ने तथा सम्भावित सदस्यहरुसँग छलफल गरी संस्थाको बारेमा पूर्ण जानकारी दिने कार्य गर्नु वर्तमान अवस्थामा सञ्चालक समितिको प्रमुख कार्य भित्र पर्दछ ।

सहकारी संस्थामा आवद्ध सबै शेयर सदस्यहरुलाई समानता कायम गर्नु पर्दछ र कोही सदस्यहरु कुनै दृष्टिकोणबाट कमजोर हुनुहुन्छ भने समताको सिद्धान्त पनि प्रयोग गर्न सक्ने क्षमता सहकारी संस्थाको सञ्चालक समितिमा हुनुपर्दछ । संस्थामा पूर्ण प्रजातान्त्रिक अभ्यास हुनुपर्दछ । संस्थाको नेतृत्व गर्नको लागि समान रुपमा क्षमता विकासका कार्यक्रम राख्नु बाहेक नेतृत्वमा जान कुनैपनि छेकेवार लगाउन हुँदैन ।

सहकारी संस्थालाई पूर्ण सफल बनाउनको लागि सञ्चालक समितिमा स्वार्थसून्य हुनुपर्दछ । सहकारी संस्थाका सञ्चालकहरु अवैतनिक हुनेहुनाले साधारणसभाले पारित गरी आर्थिक प्रशासन नियमावलीमा उल्लेख गरेको बैठक भत्ता बाहेक कुनैपनि शिर्षकमा सेवा सुविधा लिनुहुँदैन । झन यो आर्थिक मन्दीको बेलामा त बैठक भत्ता पनि नलिनसके राम्रो हुन्छ । संस्थाले गर्ने ऋण लगानी प्रक्रियामा हस्तक्षेप नगरी ऋण कार्यविधि बमोजिम स्वतन्त्र ढंगबाट ऋण बिभागका कर्मचारीहरुले ऋण लगानी गर्ने बातावरण हुनुपर्दछ ।

वर्तमान वित्तिय संकटको अवस्थामा बिभिन्न असहज पक्षहरुको सामना गर्नुपर्ने भएकाले सहकारी संस्थाहरुलाई नयाँ नयाँ जोखिम बेहोर्ने र सो बाट नयाँ नयाँ सञ्चालन र ब्यवस्थापनका कुराहरु सिक्ने मौका पनि हो । यो बेला सिकेको कुराहरुले आगामी दिनमा सहकारी संस्था थप ब्यवस्थित रुपमा सञ्चालन हुने कुरामा दुइमत देखिदैन । आर्थिक मन्दीको बेला धेरै सहकारी संस्थाहरुले स्तरीकरण कार्यक्रम, पल्र्स अनुगमन प्रणाली, सम्पत्ती दायित्व ब्यवस्थापनको महत्व बुझेको पाइन्छ । उल्लेखित कुराहरुलाई सहकारी संस्थामा आगामी दिनमा प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएमा भविश्यमा त्यस्ता संस्थाहरुलाई बर्तमान आर्थिक मन्दी भन्दा ठूलै आर्थिक मन्दी आएपनि केही असर नपर्ने देखिन्छ ।

सहकारी संस्थाको मानव संशाधन र शेयर सदस्यहरुलाई बित्तिय साक्षरताको बिशेष आवश्यकताको महसुस भएको देखिन्छ । सहकारी संस्थाका मानव संशाधन र शेयर सदस्यहरुले बित्तिय साक्षरताको महत्व बुझि बित्त ब्यवस्थापन र सोखको त्याग गरेको भए बर्तमान अवस्थामा बित्तिय संकट कम हुने कुरामा कुनै शंका देखिदैन । सहकारी संस्थाको सञ्चालक समितिको काँधमा संस्थामा आवद्ध शेयर सदस्यहरुलाई आफ्नो अधिनमा भएको भूमि बाँझो नराख्न सचेतना फैलाउनुपर्ने टट्कारो आवश्यकता देखिएको छ । यो कुरा एकै पटक बुझाउन नसकिएपनि यसको लागि शिक्षा कार्यक्रमको बिषयबस्तुमा समावेश गरी अगाडि बढ्नु पर्ने देखिन्छ ।

सहकारी संस्थालाई सदस्यमैत्री बनाई पुर्ण सुशासनमा सञ्चालन गराउनु सञ्चालकहरुको महत्वपूर्ण जिम्मेवारीको रुपमा देखिन्छ । बर्तमान अवस्थालाई आकंलन गर्दा सुशासनमा सञ्चालित सहकारी संस्थाहरु सहजै रुपमा सञ्चालन भइरहेको देखिएको छ । सहकारी संस्थालाई सुशासनमा सञ्चालन गर्नको लागि प्रविधिलाई अँगाल्दै प्रविधिमैत्री सेवा प्रवाहको ब्यवस्था गर्नुपर्ने देखिन्छ । सहकारी संस्थाका सञ्चालक समितिहरु अध्ययनसिल, भविश्यद्रष्टा र रणनीतिक ज्ञान भएका वा विकास गर्न तत्पर देखिएको संस्थाहरु हालपनि सहजै रुपमा बृद्धिसहित सञ्चालन भइरहेको देखिन्छ । सुशासन कायम गर्नको लागि सर्वप्रथम सञ्चालक समिति आफंै सुशासित हुन आवश्यक छ ।

सहकारी संस्थाको सञ्चालक समितिले बैठक बस्नुपूर्व प्रस्तावहरु तयार पारी कम्तीमा बैठक बस्ने तिन दिन अगाडि प्रस्तावहरुसहित बित्तिय प्रतिवेदन सबै सञ्चालक समितिलाई पठाउने, बैठकमा ब्यवस्थापन प्रतिवेदन स्लाईडमार्फत् प्रमुख कार्यकारी अधिकृतले पेश गर्ने, सञ्चालक समितिको बैठकमा छलफल हुने प्रस्तावहरुको प्रस्तावित मस्यौदा सचिव वा प्रमुख कार्यकारी अधिकृतले तयार पारी उक्त निर्णय गर्दा संस्थालाई हुने फाइदा र निर्णय नगर्दा संस्थालाई हुने घाटा समेत प्रस्तुत गरी प्रस्ताव र प्रस्तावका प्रस्तावित मस्यौदाहरुमा छलफल गरी आवश्यक संशोधन गरेर बढीमा दुई घण्टामा सञ्चालक समिति बैठक समापन गर्ने गर्नुपर्दछ । यसरी बैठकमा निर्णय गर्दासहकारी ऐन वा संस्थाको बिनियमको कुन दफा र सहकारी नियमावली तथा संस्थाको नियमावलीको कुन नियमलाई टेकेर गरिएको हो सो समेत खुलाई निर्णय गर्नुपर्दछ । यसरी गरिने निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी तोकेर निर्णय गरेमा प्रभावकारी कार्यान्वयन हुन्छ । पछिल्लो बैठकमा कार्यान्वयनको अवस्था बिश्लेषण गर्नुपनी वर्तमान अवस्थाका सञ्चालक समितिको जिम्मेवारी भित्र पर्दछ ।

सहकारीबीच सहकार्य गर्दै अस्वस्थ्य प्रतिस्पर्धा अन्त्य गर्न नसक्ने सञ्चालक समिति बर्तमान अवस्थाको लागि उपयुक्त सञ्चालक हो भन्ने कुनै आधार छैन । त्यसैले वर्तमान आर्थिक वातावरण हेर्दा तछाडमछाड गरेर बचतमा बढी ब्याज दिने, आवश्यक कागजात र विधि नपु¥याइ ऋण बितरण गर्ने, राज्यद्धारा निर्माण भएको ऐन, नियमावलीलाई कम ख्याल गर्ने, ऐन कानुन परिपालनामा एकरुपता कायम नगर्ने र निर्देशन हावी गर्ने सहकारी संस्थाहरुको आयू त्यति बढी हँुदैन भन्दा अतिसयुक्ती नहोला ।

सहकारी संस्थाहरुले राष्ट्रिय स्तरमा राम्रोसँग सञ्चालन भएको संस्थाहरु लगायत अन्तर्राष्ट्रिय स्तरका असल अभ्यासहरु अँगालेर अगाडि बढेमा आगामी दिनमा सहज रुपमा सञ्चालन हुने देखिन्छ ।

मन्दीमा सहकारी सञ्चालन गर्नको लागि सञ्चालक समितिबाट माथिका भूमिकाहरु निर्वाह गर्दैगर्दा संस्थामा कार्यरत कर्मचारीहरुले महत्वपूर्ण साथ दिई दैनिक कार्य गर्नुपर्नेहुन्छ । यसरी सहकार्यका साथ अगाडि बढेमा जस्तोसुकै मन्दीमा पनि सहकारी संस्थाहरु निरन्तर रुपमा सदस्य सेवामा समर्पित हुँदै दिर्घकालसम्म निरन्तर चलिरहनेछन् । जय सहकारी ।।

(प्रमुख कार्यकारी अधिकृत
मिलिजुली कालिञ्चोक साकोस लि.चरिकोट, दोलखा)

प्रकाशित : १ श्रावण २०८१, मंगलवार १४:२३