काठमाडौं । गीतकार एवम चर्चित ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीका तीन वटा भिडियो एवम अडियो गीत सार्वजनिक भएका छन् । शुक्रबार पराशक्ती ज्योतिष सेवा तथा कर्मकाण्ड संस्थानको आयोजना तथा गीतकार संघ नेपालको संयोजनमा डा.अधिकारीका दुई भिडियो र एक अडियो गीत सार्वजनिक गरिएको हो ।
अधिकारीका गीति भिडियोहरु ‘अब अति भइसक्यो, जागौं’ (राष्ट्र भक्ति गीत) ‘आमा’ (मातृ भक्ती गीत) र ‘आउन माया आउ मेरो हात समाउ’(प्रेमिल गीत) लगायत अन्य अडियो कृतिहरु सार्वजनिक गरिएको हो ।

उक्त कृतिहरुको लोकार्पण देशका वरिष्ठ श्रष्ठा, संगीत प्रेमी र पारखिहरुसहित विभिन्न सङ्घ,संस्थाका प्रमुखहरू, बौद्धिक र सामाजिक गणमान्य व्यक्तित्वहरु तथा केही अधिकारीका शुभचिन्तक विदेशी भक्तहरुको समेत सहभागिता एवं उपस्तिथि थियो ।
गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाको अध्यक्षता तथा गीतकार दीपक थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उनका उक्त कृतिहरुको समिक्षा वरिष्ठ गीतकार बिष्णु देवकोटा थियो र विभिन्न विद्वान वक्ता र स्रष्टाहरुले अधिकारीका कृतिहरुको मुक्त कण्ठले प्रसंसा गरेका थिए।
‘अब अति भइसक्यो जागौं’ अति समय सान्दर्भिक र पेचिलो यथार्थको उजागर भन्दै तालिको गड्गडाहटले अनुमोदन गरेका थिए। कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद भीमार्जुन आचार्यले डा. अधिकारीका सिर्जना र सक्रियताकाबारेमा चर्चा गरेका थिए ।

त्यस्तै गीतकार संघका अध्यक्ष बसन्त थापाले डा.अधिकारीले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे । डा.अधिकारीले रचना गरेका गीतहरुमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बु, सदिक्षा कट्टेल, रोजिना बस्नेतले स्वर भरेका छन् । शुक्रबार सार्वजनिक भएको गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोमा डा.अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ ।
को हुन् डा.अधिकारी ?
डा.अधिकारीको जन्म लमजुङ जिल्लामा पिता पं तेज प्रसाद अधिकारी र माता त्यागिमाया अधिकारीका माइला छोराको रुपमा भएको थियो र उनको बाल्यकाल तनहुँ र चितवनमा वितेको थियो। अधिकारीको प्रारम्भिक शिक्षा सीताराम संस्कृत माध्यमिक विद्यालय र वेदवेदाङ्ग विद्यालय, देवघाटमा र उच्च शिक्षा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय,वनारस, श्रीधाम वृन्दावन तथा विद्यावारिधी महार्षी विश्वविद्यालय, भोपालवाट ज्योतिष शास्त्रमा गरेका थिए।
उनको ज्योतिष प्रमुख विषय त थियो नै तर साहित्य,दर्शन शास्त्र,कर्मकाण्ड र धर्मशास्त्रमा पनि उत्तिकै रुचिका साथ अध्ययन हासिल गरेका छन्। अधिकारी बाल्यकाल देखि नै अति तिक्ष्ण बुद्धि, अनुशासित, मेहनती र अनेकौं प्रतिभाका धनी थिए।
गरिबी,अभाव र अनेकौं आरोह अवरोहका विच कठिन परिस्थितिका बाबजुद पनि उनी लक्ष्यभेदी, भविष्य प्रती दृढ़ संकल्पित व्यक्ति थिए। यिनै गुणहरुका कारण नै उनलाई लक्ष प्राप्तिसम्म पुर्याइ छाड्यो र एक प्रसिद्ध ज्योतिष एवं भविष्य वक्ताका रुपमा आज देश विदेशमा चितपरिचित छन्।
उनका स्वदेशमा मात्र नभई विदेशमा समेत लाखौं भक्त, शुभचिन्तक र अनुयायीहरु छन्। उनि एक ज्योतिष मात्र नभई साहित्यकार, गीतकार, समाजसेवी, विश्लेषक, तथा कर्मनिष्ठ पण्डित पनि हुन्।
वर्तमानमा उनी विभिन्न धार्मिक र सामाजिक संघसंस्थामा पनि आवद्ध रहि सेवा कार्य गर्दै आएका छ्न। समयसमयमा विभिन्न मिडिया र उनकै निजी युटुव च्यानल ‘रुद्रनाथ अधिकारी’को माध्यमबाट उनले गर्दै आएका भविष्यवाणिहरु सत्य सावित भइ चर्चा कमाएका छ्न र आजपनि उत्तिकै सान्दर्भिक छन्।
उनका लेख र कृतिहरुमा सामाजिक चेतनाको उज्यालो पक्षहरु छन् भने विकृति, विसंगति, अनाचार, दुराचार र भ्रष्टाचार प्रतिको तिव्र कटाक्ष पाइन्छ।
आफ्ना बिचार र अभिव्यक्ति राख्ने क्रममा डा अधिकारीले आफ्नो भारतीय सेनाको सेवाकालमा पाकिस्तान र चाइनाका बोडर क्षेत्रदेखि कार्गिलको युद्ध लगायत इराक,अफगानिस्तान जस्ता संसारका विभिन्न देशका युद्ध ग्रस्त क्षेत्रमा कार्य गर्दा पनि आफू सुरक्षित र कुशल रहेको तर आफ्नै मातृभूमिको काख र आफ्नै घरमा असुरक्षित भएको र पटकपटक देशभित्रैका केही तत्व र आतंककारीहरुबाट आफूसहित परिवारै प्रताडित हुनुपरेको पिडाहरु समेत व्यक्त गरे।
Comment