स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडकाे मिति तय,कतिले पाउँछन् सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडकाे मिति तय,कतिले पाउँछन् सेयर ?



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ चैत १ गते शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त एफपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान १० बजे बाँडफाँड हुने जनाइएको छ ।

कम्पनीले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गरेको थियो । संस्थाले एक करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका एक लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको थियो ।

मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। जसमा भाग्यमानी १९ हजार ५७७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये ३ जना थप १–१ सेयर पाउनेछन्।

प्रकाशित : २८ फाल्गुन २०८१, बुधबार १५:५३