सन्तोष काफ्लेको दाबी : उक्साहटमा नियोजित रुपमा समाचार लेखियो, बदनाम गर्न खोजियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सन्तोष काफ्लेको दाबी : उक्साहटमा नियोजित रुपमा समाचार लेखियो, बदनाम गर्न खोजियो



काठमाडौं । नेपाल पत्रकार महासंघका सुनसरी सभापति सन्तोष काफ्लेले आफ्नो नाम जोडिएर अर्थबजार डटकममा आएको एक समाचारप्रति आपत्ति प्रकट गरेका छन् । उनले एक खण्डन पत्र पठाउँदै समाचारमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका हुन् ।

मिति २०८१ फागुन २७ गते मङ्गलबार ‘पत्रकारका नेता कि बिचौलिया ? समाचार रोक्न भन्दै लिएको पैसामा पत्रकार महासंघ सुनसरी अध्यक्षलाई भागबण्डा’ शीर्षकको समाचारमा आफ्नो नाम जोडिएको विषयपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आरोप पुष्टी गर्न चुनौती पनि दिएका छन् ।

‘समाचारमा भनिए जस्तो लेनदेन तथा विचौलिया गर्ने कार्यमा मेरो संलग्नता कहीँकतै नभएको जानकारी गराउन चाहन्छु । कसैको आग्रह पूर्वाग्रहमा लेखिएको समाचारको सत्यतथ्य बुझेर समाचार लेख्न र म माथि लगाइएको आरोप पुष्टी गर्न चुनौती दिन चाहन्छु,’ अध्यक्ष काफ्लेले अर्थबजार डटकमका सम्पादकको नाममा प्रेसित खण्डन पत्रमा भनेका छन् ।

‘समाचारमा भनिए जस्तो पीडित तथा पीडकसँग मेरो कुनै सरोकार, चिनजान र सम्पर्क समेत नभएको जानकारी गराउन चाहन्छु । उक्त समाचारमा पत्रकार रश्मी प्रधानलाई समाचार नलेख्नका लागि म सन्तोष काफ्लेले पटक पटक दबाव दिएको भन्ने कुरा पनि सरासर गलत र झुटा कुरा हो । यो विषयमा मैले कोही कसैलाई अहिले सम्म नलेख्न वा रोक्न कुनै दवाव दिएको छैन । यो समाचार
सरासर मेरो चरित्रहत्या गरि मलाई वद्नाम गराउने उद्देश्यले नियोजित ढंगवाट प्रकाशित भएको स्पष्ट छ । मेरो चरित्र हत्या गरि भ्रामक समाचार प्रकाशित गर्ने अनलाईनको तर्फवाट मलाई कोही कसैले सम्पर्क समेत गरेको छैन । अर्थबजार अनलाइनका कुनै पनि पत्रकार तथा प्रतिनिधिले मलाई कुनै खालका प्रतिक्रिया नलिएको जानकारी गराउन चाहन्छु । पत्रकारहरुले समाचार लेख्नु अघि पत्रकारिताको आचार संहीता पालना गर्नुपर्ने हुन्छ । तर, यो समाचार कसैको उक्साहटमा नियोजित रुपमा लेखिएको हुँदा खण्डन गर्न चाहान्छु,’ पत्रमा भनिएको छ ।

‘यो बिषय मलाई हिमालय टाइम्सका पत्रकार हुँ भन्दै सरोज पौडेलले ९७०४थ०९१९० नम्बरबाट फोन गरी बुझ्ने काम गरेका थिए । ति व्यक्ती हिमालय टाइम्स आवद्ध नभएको र समाचार प्रकाशित भए पछि सम्पर्कमा समेत नआएको कारण यो समाचार सरासर गतल र भ्रामक भएको पुष्टि हुन्छ । यो समाचार हिमालय टाइम्समा नआई अन्य अनलाइनमा प्रकाशित हुनुले पनि पुष्टि हुन्छ की यो कसैको उक्साहटमा व्यत्तिगत चरित्र हत्या गर्ने उद्देश्यले लेखिएको हो । साथै अनलाइनमा प्रकाशित हुनु अगावै बाट धेरै मानिसहरुको इमेलमा समाचार पठाई साइबर अपराध जस्तो गम्भीर प्रकृतिको अपराध गरिएको देखिन्छ । मेरो र म आवद्ध पत्रकार महासंघ सुनसरीलाई समेत बदनाम गर्ने नियतले उक्त अनलाइनले विना आधार प्रमाण लेखिएको समाचार नियोजित हो भन्ने मेरो ठहर हो,’ उनले प्रष्ट पार्दै लेखेका छन् ।

उनले आफू विगत २२ बर्षदेखी निरन्तर पत्रकार आचारसंहिताको पुर्ण पालना गर्दै निश्पक्ष पत्रकारिता गर्देै आएकोे पुष्टि गरेका छन् । ‘मैले स्थानीय पत्रपत्रिका रेडियो हँुदै न्युज २४ टेलिभिनिको अर्थ न्युज टेलिभिजन, ग्यालेक्सी टिभी हुदै हाल हिमालय टिभी र दि हिमालयन टाइम्समा काम गर्देै आइरहेको छु । स्थानीय पत्रिकाहरुको सम्पादन गर्दै टेलिभिजको पुर्वाञ्चाल हुदै प्रदेश ब्युरो प्रमुख समेत काम गरेको अनुभव समेत रहेको छ । मैले सुरुवात देखीनेै निश्पक्ष पत्रकारिता गर्दै आएको छु । पत्रकारीता पेसाबाट अहिलेसम्म कहिँकतैबाट अनुचित लाभ नलिएको स्पष्ट पार्न चाहान्छु । समाचार प्रकाशन गर्दा त्यसको आधारहरु पुष्टि गर्ने दायित्व स्वयम समाचार लेख्नेको हुने पत्रकारिताको सिद्धान्त रहेकाले तपाईँको अनलाइनले लेखेका समाचारहरुको आधार र प्रमाण पुष्टि गर्न आग्रह गर्दछु,’ अध्यक्ष काफ्लेले भनेका छन् ।

प्रकाशित : २९ फाल्गुन २०८१, बिहीबार २०:५९