सुन्धाराको सिटिसी मल लिलाममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुन्धाराको सिटिसी मल लिलाममा



काठमाडौं । कर्मचारी सञ्चय कोषले  सुन्धारामा रहेको सिटिसी मल लिलाम गर्ने भएको छ । सिभिल स्टेट्स प्रालिको सुन्धारमा रहेको सिटिसी महलको १३२ वटा पसल कवल लिलामका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

कोषले घरजग्गा व्यवसायी इच्छाराज तामाङलाई सिटिसी मल धितो राखेर ऋण दिएको थियो । कोषबाट ऋणिले म्याद भित्र कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएको शर्त उल्लङघन गरेकाले उक्त सम्पत्ति लिलाम बिक्रिका लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो ।

नेपाल सरकार, उद्योग मन्त्रालय, उद्योग विभागमा २०६४/०६/०९ मा दर्ता भई प्रालि नं. ४९९९९ कायम रहेको ‘श्री सिभिल स्टेट्स प्रालि’ को सुन्धारा स्थित कित्ता नं. २४२४ को क्षेत्रफलमा ६ रोपनि जग्गामा निर्माण भएको १३२ वटा ईकाइ पसल कवलहरु लिन चाहने नेपाली नागरिकले फर्म /कम्पनीबाट ३५ दिनभित्र कोषको केन्द्रिय कार्यलयमा बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार १५:१४