काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अडलट कारोबार नगर्न / नगराउन ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ ।
धितोपत्र कारोबार सम्बन्धमा बनेको कानूनी व्यवस्थाको प्रावधान विपरीत सदस्य दलाल व्यवसायीको टिएमएस प्रणालीबाट अनलाइन तथा अफलाइनमार्फत समेत अडलट कारोबार नगर्न नगराउन नेप्सेले निर्देशन दिएको हो ।
नेप्सेले सुचना जारी गदै धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम ९५० को उपविनियम एकमा कारोबार हुने धितोपत्र शेयर वा सामुहिक लगानी प्रयोजनको इकाई भएमा अंकित मूल्य १० भएमा १०० कित्ता र अंकित मूल्य १०० भएमा १० कित्ता कारोबार हुने व्यवस्था रहेको नेप्सेले जनाएको छ ।
साथै सोहि विनियमको उपविनियम दुईमा भएको व्यवस्था बमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १००० रुपैयाँ भएमा एक कित्ता कारोबार इकाई हुने व्यवस्था छ ।
सोहि विनियमको उपविनियम तीन बमोजिम ‘उपविनियम एक र दुई’ मा उल्लेखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुन्छ । र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिने व्यवस्था छ ।
तर कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनिले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न नपाउने व्यवस्था छ ।
धितोपत्र कारोबार सम्बन्धमा उल्लेखित कानुनी व्यवस्था तथा प्रचलित कानुन बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने जिम्मा अनुमतिपत्र प्राप्त सदश्य दलालमा रहेको स्मरण गराउदै सम्पुर्ण ब्रोकरलाई उक्त प्रावधान विपरित टिएमएस प्रणालीबाट अनलाईन तथा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगर्न नेप्सेले निर्देशन दिएको छ ।
Comment