३ लाख नाघ्यो सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

३ लाख नाघ्यो सुनको मूल्य



काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ हजार ९०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १५५ रुपैयाँले बढेर तोलाको ५ हजार २२० रुपैयाँ पुगेको छ । हिजो चाँदी ५ हजार ६५ रुपैयाँमा कारोवार भएको थियो।

प्रकाशित : 15 April, 2026 11:42 am