काठमाडाै । पत्रकार मनिता चाम्लिङ्गले आफ्नो नाम जोडिएर अर्थबजार डटकममा आएको एक समाचारप्रति आपत्ति प्रकट गरेका छन् । उनले एक खण्डन पत्र पठाउँदै समाचारमा आफ्नो नाम जोडिएर आएको र सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट पारेकि छिन् ।
‘पत्रकारका नेता कि बिचौलिया ? समाचार रोक्न भन्दै लिएको पैसामा पत्रकार महासंघ सुनसरी अध्यक्षलाई भागबण्डा’ शीर्षकको समाचारमा आफ्नो नाम जोडिएको र कुनै खबर नै नगरि समाचार प्रकाशित गरेको आरोप लगाएकी छिन् । (तर पत्रकार मनिता चाम्लिङसँग सम्पर्क गर्ने पटक पटक प्रयास गर्दा पनि फोन नउठेको कुरा समाचारमा प्रष्ट उल्लेख गरेका छाैँ ) सम्पादक ।
उनले समाचारको खण्डन गर्दै चाम्लिङ्गले भनिन् -‘समाचार रोक्न कसैले पनि मलाई पैसा दिएको छैन । ’ समाचारमा भए बमोजिम घटनाको बारेमा सत्य तथ्य बाहिर ल्याउन पनि उनले माग गरेकी छिन ।

Comment