एनपीएलः अर्धशतकको संख्या २६ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

एनपीएलः अर्धशतकको संख्या २६ पुग्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको संख्या २६ पुगेको छ।

आज चितवन राईनोजका डेभिड मलानले ५० रन पूरा गरेसंगै अर्धशतकको संख्या २६ पुगेको हो। मलानले सुदूरपश्चिम रोयल्सकाविरूद्ध ३८ बलमा अर्धशतक पूरा गरे। हालसम्म २६ अर्धशतक र दुई शतक प्रहार भएका छन्।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ ,पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज सामरा , चितवन राइनोजका रवि बोपरा, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई÷दुई अर्धशतक हिर्काएका छन्। 

विराटनगरका इमरान शेख,आन्द्रे रसेल, चरिथ असलङ्का, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर,हुसैन तलत, चितवन राइनोजका डेभिड मलान, लुम्बिनी लायन्सका निरोशन डिककोइलाले एक÷एक अर्धशतक हिर्काएका थिए।

यो सिजनमा शतक हिर्काउने खेलाडीमा पोखरा एभेन्जर्सका युवराज सामरा र चितवन राइनोजका कामिल मिशारा रहेका छन् ।

प्रकाशित : ३ मंसिर २०८३, बिहिबार १९:३० 19 November, 2026 7:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।