बैंकका सेवा र टुल्सबारे बैंकर स्वयं जानकार छैनन् : गर्भनर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

बैंकका सेवा र टुल्सबारे बैंकर स्वयं जानकार छैनन् : गर्भनर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारण मात्रै नभएर बैंकरहरुलाई पनि आवश्यक रहेको बताएका छन् ।

केटिएम भ्वाइस डटकमले सुरु गर्न लागेको टेलिभिजन कार्यक्रम ‘वित्तीय साक्षरता’ सुभारम्भको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताए ।

अधिकारीले वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताए ।

यस्तै राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंकभित्र रहेका धेरै सेवाबारे बैंकर स्वयंलाई पनि आवश्यक जानकारी नभएको उनले बताए । गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको बताए । कारोबारलाई पारदर्शी बनाउने भएकोले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन उनले सुझाव दिए ।

अधिकारीले आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भए पनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने बताए । गर्भनर अधिकारी र राष्ट्रबैंकको पहलको कारण क्युआर र डिजिटल प्रविधिको प्रयोग उहारणीय रुपमा बढ्दै गएको धारणा राखे ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो ५/७ वर्ष यता वित्तीय साक्षरता बढेको बताए । वित्तिय साक्षरताको अभावका कारण पछिल्लो समय बैंकिङ क्षेत्रमाथि हमला भएको बताउदै अध्यक्ष केसीले बैंकिङ क्षेत्रका विषयमा नकारात्मक धारण वित्तीय साक्षरताको कारण बढेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताएका छन् ।

उनले उद्योगी, व्यवसायी, बैंक, व्यवसाय तथा सर्वसाधारण सबैको मनोबल कमजोर भएकोले सरकार र नेपाल राष्ट्र बैंकले ठोस कार्यक्रम ल्याएर वातावरण बनाउनुपर्ने बताए ।

अहिले नै पहलकदमी लिएर काम अगाडी बढाउन नसके पछुताउनुपर्ने दिन आउने पनि ढकालले बताए । उनले सरकार र राष्ट्र बैंकले अग्रसरता लिन आर्थिक गतिविधि चलायमान बनाउन ढिलो गर्न नहुने बताए ।

अध्यक्ष ढकालले पछिल्लो समय बैंकबाट लिएको ऋण तिर्दिन भन्ने समूहले फैलाएको नकारात्मक सन्देशले बैंकप्रति नकारात्मक धारणा र अराजकता बढेकोले सबैले सामुहिक रुपमा यस्ता क्रियाकलापलाइ निस्तेज पर्नुपर्ने बताए ।

वित्तिय साक्षरता कार्यक्रम संयोजक रोयल आचार्यले कार्यक्रम २ वटा खण्ड हुने र पहिलो खण्डमा गाउँ गाउँ गएर वित्तिय साक्षरता अवस्थाबारे बुझ्ने बुझाउने र रिपोर्टलाई प्रथामिकता दिने र दोस्रो खण्डमा नेपाल राष्ट्र बैंकका अधिकारी, बैंकर तथा बैंकिङ क्षेत्रका विज्ञसंग वित्तिय साक्षरतासंग सम्बन्धी कुराकानी प्रस्तुत गर्ने योजना रहेको बताृ । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ मा कार्यक्रम प्रशारण हुने छ ।

प्रकाशित : १० भाद्र २०८०, आईतवार १४:२०