२६ सहकारीलाई पन्ध्र दिनभित्र कोपोमिसमा आवद्ध हुन विभागको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

२६ सहकारीलाई पन्ध्र दिनभित्र कोपोमिसमा आवद्ध हुन विभागको निर्देशन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं : सहकारी विभागले २६ सहकारीलाई १५ दिन भित्र कोपोमिस प्रणालीमा आवद्ध हुन निर्देशन दिएको छ । विभागले बिहिबार एक सूचना जारी गर्दै विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने उक्त सहकारीलाई कोपोमिसमा आवद्ध हुन भनेको हो । 

सहकारी ऐन, २०७४ अनुसार सबै सहकारी संघसंस्थाहरुले विभागले तोकेको एकिकृत व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा अनिवार्य रुपमा आवद्द भई विवरण प्रविष्ट गर्नुपर्ने उल्लेख छ । सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेत महत्वका साथ उल्लेख भएको छ। 

यस विभागबाट पटक पटक निर्देशन हुँदा समेत विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने तपसिलका संस्थाहरुले हालसम्म पनि उक्त प्रणालीमा आवद्द भई विवरण प्रविष्ट नगरेको विभगाले जनाएको छ ।

तोकिएको समयमा विवरण नगरेमा सहकारी ऐन, २०७४ को दफा ८८ बमोजिम संस्था खारेजीसम्मको कारवाही प्रक्रिया अगाडी बढाईने विभागले चेतावनी दिएको छ ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहिबार १९:०९ 16 May, 2024 7:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।