सेयर बजारमा राैनक, काराेबार रकम पाँच अर्ब माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर बजारमा राैनक, काराेबार रकम पाँच अर्ब माथि



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर उकालो लागेको छ । आज बजार ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेर बन्द भएको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ८.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंक बढेको छ।

आज कारोबार भएका ३२३ कम्पनीको एक करोड २२ लाख ४० हजार कित्ता सेयर किनबेच हुदाँ पाँच अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यसैगरी आज कारोबार भएको आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, कारोबारमा आएको माण्डु हाइड्रोपावरको सेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ६ जेष्ठ २०८१, आईतवार १५:२६