मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको एकीकृत निर्देशन जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको एकीकृत निर्देशन जारी



काठमाडौं । मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको एकिकृत निर्देशन जारी गरेको छ।राष्ट्र बैंकले आज एक निर्देशिका जारी गर्दै काउन्टरसाइक्लिकल बफरको दायरा विस्तार गरेको छ । यसअघि वाणिज्य बैंकहरुलाई मात्रै लागू गर्दै आएको व्यवस्था विकास बैंकहरुलाई समेत लागू भएको छ।

एकीकृत निर्देशिकाका अनुसार शेयर कर्जाको सिमामा पनि ५० लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक सय प्रतिशत कायम गरिएको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको परिपत्र अनुसार अब ५० लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक सय प्रतिशत कायम गरिएको छ।

राष्ट्र बैंकले विदेश भ्रमणमा जाँदा राहदानी सुविधा वापत पाइने डलर सटही सुविधा १५ सय अमेरिकी डलरबाट बढाएर २५ सय अमेरिकी डलर पुर्याएको हो ।यसअघि भारतबाहेक अन्य देशको भ्रमणमा जाँदा वर्षमा २ पटकसम्म प्रतिपटक १५ सय अमेरिकी डलर सटही सुविधा रहेकोमा अब भने २५ सय डलर सटही सुविधा पाइने भएको हो ।

१ वर्षमा २ पटकसम्म प्रति पटक २५ सय अमेरिकी डलर साट्न पाइने व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै घोषणा गरेको थियो । यो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले क र ख वर्गका बैंकहरुलाई एकिकृत परिपत्र पनि जारी गरिसकेको छ ।
त्यस्तै, व्यक्ति वा फर्मलाई दिईने कर्जामा निश्चित समय तोकिदिएको छ।२५ लाख भन्दा बढी व्यक्तिगत कर्जा लिनेलाई प्यान अनिवार्य र बेस रेट भन्दा तल रहेर बैंकहरुले कर्जा दिन नपाउने व्यवस्था लागू गरेको छ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार १९:००