नेपालपत्र न्युज डटकमका सम्पादक माधव खड्कालाई दुई संघले पुरस्कृत गरेका छन् । खड्कालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ ९बागमती प्रोस्कून० र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सम्मान तथा पुरस्कृत गरेका हुन । बागमती प्रोस्कूनको चौंथो साधारण सभा र ललिपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३० औं साधारण सभाको अवसरमा उनलाई सम्मान गरिएको हो ।
दुवै कार्यक्रमका प्रमुख अथिति भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नगद र सम्मान पत्रले खड्कालाई सम्मान गरेका थिए । बागमती प्रोस्कूनले नगद ८ हजार ५ सय सहित सम्मान पत्रले र ललितपुर बचत संघले नगद ५ हजार ५५५ रुपैँया नगद र सम्मान पत्रले खड्कालाई सम्मान गरेका हुन् । सम्पादक खड्काले विगत एक दशकदेखि सहकारी क्षेत्रको किास र प्रवर्दनका साथै सुधारका लागि आफ्नो क्षेत्रबाट निरन्तर कलम चलाई राखेका छन् ।
पत्रकारिताका माध्यमबाट उनले सहकारी क्षेत्रका सकरात्मक सूचना प्रभाव गरी आमजनमानसमा यस क्षेत्रको महत्वको बारेमा जानकारी दिनुका साथै सहकारीका विकृति विसंगतिहरुका बारेमा समेत निरतन्तर खवदारी गर्दै आएका छन् ।
Comment