ग्राहक संरक्षणका लागि छुट्टै मेकानिजम: गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्राहक संरक्षणका लागि छुट्टै मेकानिजम: गभर्नर



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको बताएका छन् । नेपाल बैंक लिमिटेडको ८८ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले ग्राहक संरक्षणका लागि छुट्टै मेकानिजम समेत बनाउन लागेको बताएका हुन् ।

गभर्नर अधिकारीले ग्राहकहरूलाई बैंकबाट हुने अनावश्यक दबाबको नियमन गर्नका लागि सूक्ष्म निगरानी गरिने धारणा राखे । उनले सबै बैंकले एउटै नियमनभित्र बसेर प्रतिस्पर्धात्मक सेवा प्रवाह गरुन् भन्ने नीति राष्ट्र बैंकको रहेकाले नेपाल बैंकमाथि पनि अरू निजी बैंकभन्दा फरक दृष्टिकोण नबनाउने स्पष्ट पारे । 

गभर्नर अधिकारीले बैंकको उद्देश्य प्राप्तिका लागि आफ्ना कर्मचारीलाई सन्तुष्ट पार्नसक्नुपर्ने र कर्मचारीसँग पनि सन्तुष्ट ग्राहक हुन जरुरी रहेको धारणा राखे । त्यस्तै उनले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव समेत दिए ।  

वार्षिकोत्सवका अवसरमा बैंकले केहि कर्मचारीलाई सम्मान र पुरस्कृत गरेको छ । 

प्रकाशित : ३० कार्तिक २०८१, शुक्रबार १९:२१