नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले माग्यो ५५ जना कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले माग्यो ५५ जना कर्मचारी



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी लेभलका लागि ५ जना, ट्रेनी असिस्टेन्ट लेभलका लागि ५० जना गरी कुल ५५ जना कर्मचारी माग गरेको हो ।

म्यानेजमेन्ट ट्रेनी लेभलको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेको हुनुपर्नेछ । ट्रेनी असिस्टेन्ट लेभलका लागि कमर्स, म्यानेजमेन्ट, अर्थशास्त्र, लेगल, आइटीमा ब्याजलर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित : २६ कार्तिक २०८१, सोमबार १६:५९