सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकमा नबिल अग्रस्थानमा, कुनको कति? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकमा नबिल अग्रस्थानमा, कुनको कति?



काठमाडाै । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्म वाणिज्य बैंकहरुले करिब सवा १६ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्।

बैंकहरुले आज सार्वजनिक गरेको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

साउन, भदौ र असोजमा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढेको हो। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ वटाको घट्दा १२ वटाको नाफा बढेको बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ।

विवरणअनुसार गत वर्ष सोही अवधिमा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ अर्ब २३ करोड रुपैयाँ पुर्‍याएका हुन्। समग्रमा यो २१.६३ प्रतिशतले बढेको नाफा हो।

३ महिनामा ग्लोबल आईएमई बैंकको नाफा २३.३६ प्रतिशत, नेपाल बैंकको ३२२.९७, प्रभु बैंकको ०.६२, लक्ष्मी सनराइजको ४२०.५३, नेपाल एसबीआईको ७०.०१, प्राइम कमर्सियलको ११.७५, स्ट्यान्डर्ड चार्टर्डको ४.१७, कुमारी ३०८.५, सिद्धार्थ बैंकको ७९१.५०, एनएमबी १८.९४, एभरेस्ट बैंकमा ४४.४४, नबिल बैंकको ३९.९७ प्रतिशतले नाफा बढेको छ।

तर ८ वाणिज्य बैंकको नाफामा भने संकुचन आएको छ। सानिमा बैंकको १७.२७, हिमालय ३१.२२, माछापुच्छ्रे ७, नेपाल इन्भेष्टमेन्ट मेगा ३.८२, कृषि विकास बैंकको १२९.५०, सिटिजन्स बैंकको १२.५५, एनआईसी एसिया ८९.०६, राष्ट्रिय वाणिज्य बैंकको ८२.४० प्रतिशतले नाफामा गिरावट आएको विवरणले देखाएको छ।

चालू आवको पहिलो त्रैमासिकमा सबैभन्दा बढी नाफा नबिल बैंकले गर्दा सबैभन्दा कम एनआईसी एसियाको रहेको छ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार १५:०७