सहकारी पिडित आन्दोलनको रुप बदलेर सडक तताउने तयारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी पिडित आन्दोलनको रुप बदलेर सडक तताउने तयारीमा



काठमाडौं । अहिले पछिल्लो समय सहकारीको चौतर्फी चर्चा परिचर्चा चलिरहदा राज्य भने कानमा तेल हालेर बसेको अवस्था छ । सहकारी पिडितहरू सडकबाट शान्तिपुर्बक गुहार गरिरहेका छन् । तर, सरकार मौन देखिएको छ ।

३६ दिनदेखि माइतीघर मण्डलामा हारगुहार गरिरहेका ५१ सहकारी संस्थाका पिडित सदस्यहरू आजित परेका हुन् । यसको परिणम स्वरुप पिडितहरु अब आन्दोलनको रुप बदलेर सडक तताउने अवस्थामा पुगेका छन् ।

आगामी असार २७ गते सहकारी पिडितहरुले देश ब्यापी रुपमा माइकिङ्ग र्याली निकालेर बिरोध गर्ने भएका छन् । माइतीघर मण्डलामा सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितले नेतृत्व गरिरहेको यस शान्तिपुर्ण आन्दोलनमा सरकारले आफुहरुको माग सम्बोधन नभएसम्म सडक नछोड्ने उनीहरुले अठोट लिएका छन् ।

सरकारलाई अब ४ दिनको अल्टिमेट दिन्छौ । यदि यस समयसम्म पनि कुनै सुनुवाई भएन भने आगामी असार २७ गते ५१ सहकारीका सदस्य साथै, देशभरीबाट ५० हजार बढी सहकारी पिडित सदस्य सडकमा उत्रेर माइकिङ्ग र्याली गर्न बाध्य हुनेछौ सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितका अध्यक्ष् हरिषचन्द्र श्रेष्ठले बताए । आजभन्दा १४ वर्ष अगाडिदेखि ९० लाख रुपैया हिनामिना गरेको ओरियन्टल सहकारीबाट पैसा फिर्ताको लागि संघर्ष गरिरहेका उनको पिडा अनुहारमै झल्केको देख्न सकिन्छ । उनि भन्छन, ‘सरकारले हाम्रो माग सुनेन भने हामी दोहोरो प्रक्रियाबाट आन्दोलन गर्न बाध्य हुन्छौ । यसका लागि हामी अनसन पनि गर्छौ र सडकमा उत्रेर र्याली, चक्का जाम गर्न पनि बाध्य हुनेछौ । तेस्तै, हामीले आफ्नो पैसा फिर्ता चहियो भनेर भन्नु गलत हो भने कारवाही गरुन, यदि हैन भने सरकार हाम्रो अभिभाबक हो, हामीलाई न्याय दिलाउनु पर्यो ।’

श्रेष्ठले भने, सबै भन्दा पुरानो सहकारी ओरियन्टल सहकारीले मेरो ९० लाख पैसा खाएर हिडिरहेको छ । म १४ वर्षदेखि त्यहि पैसाका लागि संघर्ष गरिरहेको छु । यसबीचमा पैसा पाउन आन्दोलन गरे, सहकारी बिभाग देखि विभिन्न संघ सस्था धाए, दुइचोटीसम्म संकट ग्रस्तमा लग्दा पनि सरकारले समाधानको बाटो निकालेन । हामीले सरकारसंग न्याय मागेको हो । कम्तिमा पनि पिडितको पक्षबाट प्रतिनिधि राखुन, चोटलागेको पिडितको राय सुझाब राख्न पर्यो ।

हरिषचन्द्र श्रेष्ठ त एकजना प्रतिनिधि मात्र हुन् । यस्ता कयौ पिडितको लाखौ पैसा सहकारीले डुबाएर मलिन हुदै आन्दोलनमा उत्रेका छन् ।

महासंघका व्यवस्थापक कुशलव केसी भन्छन्, स्वास्थ्य मन्त्रालयबाट गर्मी बढ्यो सुरक्षित रहने उपाए दिइरहेका छन् , आग्रह गरिरहेका छन् । यस्तो अवस्थामा आफ्नो पैसाका पाउने आसामा गर्मी घाम पानी नभनी सडकमा बसिरहेका पिडित कति बिरामी परेका छन् । खै सरकारले वास्ता गर्छ । बाध्य भएर २७ गते हामी देशैभरिबाट आन्दोलनमा उत्रिने तयारी गरेको उनले बताए । त्यसका लागि सबै तयारी गरिसकेको पनि जानकारी दिए ।

प्रकाशित : २३ असार २०८०, शनिबार २१:३०