लुम्बिनी विकास बैंकले १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंकले १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्री गर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकले १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकका संस्थापक सेयरधनी दिवाकर कुचेरियाको नाममा रहेको उक्त सेयर बिक्रीका लागि बैंकले १५ दिने सूचना जारी गरेको हो ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तर, उक्त अवधिमा सेयर खरिदका लागि कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि बैंकले पुनः सूचना जारी गरेको हो ।

अब उक्त सेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ३ मंसिर २०८३, बिहिबार ०८:०८ 19 November, 2026 8:08 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।